कुनै पनि सर्तमा एमसीसी अनुमोदन गर्नु हुँदैन : भीम रावल

कुनै पनि सर्तमा एमसीसी अनुमोदन गर्नु हुँदैन : भीम रावल

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा बैठकमा लामो समयदेखि विरोधमा नाराबाजी गर्दै आएको एमालेले आइतबार पनि निरन्तरता दिइरहेको छ। जारी प्रतिनिधिसभा बैठकमा एमाले सांसदले नाराबाजी गरिरहेका हुन् । 

यसअघि शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गरेर फर्किने क्रममा महासचिव शंकर पोखरेलले आफूहरूको माग पूरा नभएसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने बताएका थिए । तर, आइतबार एमालेका माग पूरा नभए पनि एमाले सांसद भीम रावल संसद्को प्रक्रियामा सहभागी भएका छन् । 

एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै रावलले कुनै पनि सर्तमा एमसीसी अनुमोदन गर्न नहुनेमा अडान राखे। सम्झौतामा रहेका राष्ट्रहितविपरीतका बुँदा हटाउने वा संशोधन गर्नुपर्ने भन्दै उनले व्याख्यात्मक टिप्पणीसहित घोषणा गरेर एमसीसी पारित गर्नु भन्नु राष्ट्रहितविपरीत रहेको दाबी गरे । 

रावलले एमसीसी सम्झाैता जनताप्रतिकाे धाेका र गद्दारी भएकाे समेत टिप्पणी गरे । एमालेले चर्काे नाराबाजी गरिरहँदा साेही पार्टीका सांसद रावलले भने एमसीसीमाथिकाे छलफलमा भाग लिएर दलकाे निर्णयमाथि चुनाैती दिएका छन्।

अहिले नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालले एमसीसीमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै आफ्नो धारणा राखिरहेका छन्। उनले पनि एमसीसी राष्ट्रहितविपरीत रहेको दाबी गरे। 

Logo