लामो दूरीका यातायात असोज १ गतेदेखि सञ्चालनमा, भाडादर ५० प्रतिशतले वृद्धि

लामो दूरीका यातायात असोज १ गतेदेखि सञ्चालनमा, भाडादर ५० प्रतिशतले वृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण बन्द भएका लामो दूरीका यातायात सरकारले असोज ५ गतेबाट सञ्चालनमा ल्याउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मापदण्डसहित लामो छोटो दूरीका यातायात र आन्तरिक हवाई उडान खुल्ला गर्ने निर्णय गरेको हो ।

यातायात सञ्चालन गर्दा व्यवसायीहरुले यात्रुसँग साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

Logo