प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने छ । संसद सचिवालयले बैठकको सम्भावित सूचि सार्वजनिक गरेको हो ।
संघीय संसदका महासचिव डा भरतराज गौतमका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
सो पछि सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण विद्येयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विद्येयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् ।






























प्रतिक्रिया