रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा अभिनेत्री थापा पनि परेकी हुन् । 

अध्यक्ष लिङ्देनले अभिनेत्री थापालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठले भने,‘अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका छन् ।’ ‘१४ जनामध्ये एक अभिनेत्री रेखा थापा पनि हुन् ।’ 

गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएकी थापा कुन्ती शाहीसँग पराजित भएकी थिइन् । महामन्त्रीमा पराजित भएकी थापालाई केन्द्रीय सदस्यमा मनोनयन नगरिएको हो । 

Logo