आयोगले निर्वाचनमा भागलिने दलहरुको नाम २६ फागुनभित्र प्रकाशन गर्ने

आयोगले निर्वाचनमा भागलिने दलहरुको नाम २६ फागुनभित्र प्रकाशन गर्ने

केन्द्रबिन्दु
0
Shares

निर्वाचनमा भागलिने राजनीतिक दलहरुको नाम २६ फागुनभित्रमा प्रकाशन गर्ने भएको छ । आयोगले मतदाता नामावलीमा दाबी विरोध गर्नका लागि फागुन २० गतेदेखि २६ गतेसम्मको मिति तोकेको छ । सो अवधिमा मतदाता नामावलीमा रहेको त्रुटी सच्याउने निवेदन दिने, कसैले झुठो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सो को बिरोधमा उजुरी दिन सकिने छ । 

कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्रै कामय गर्न निवेदन दिने, मृत्यू भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिने तथा उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

पौडेलले भने,‘ कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्रै कामय गर्न निवेदन दिने, मृत्यू भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका हुने छ ।’ 

उनले आयोग विद्यूतिय मतदान प्रक्रियामा जानु चुनौतीपूर्ण भएकाले सो विषय छलफलकै क्रममा रहेको समेत बताए ।  कानूनको अभावका कारण विदेशमा रहेका नेपाली नागरिकहरुको मताधिकार संरक्षण गर्न सम्भव नभएको पनि बताए । 

Skip This
Skip This
Logo