सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न एमाले तयार छ : गोकर्ण विष्ट

सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न एमाले तयार छ : गोकर्ण विष्ट

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताएका छन्। सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए। 

देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयीलाई सुनिश्चित गर्ने उनले दावी गरे। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चुनाव हार्ने भएपछि सत्तारुढ दलहरु एमालेसँग एक्लै भिड्न डराएको बताए। 

सचिव विष्टले भने, ‘देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा एमालेले जित्नैपर्ने हुन्छ। गठबन्धनका रुपमा एमालेका विरुद्ध चुनाव लड्न आए भने पनि नेकपा एमाले सामना गर्न तयार छ। नेकपा एमाले आफ्नो विजयलाई कायमै राख्न चाहन्छ। मुलुकको भाग्य र भविष्यको निम्ति पनि यो निर्वाचन एमालेले जित्न जरुरी छ।’

सचिव विष्टले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने काममा केन्द्रित हुन पनि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने बताए।

Skip This
Skip This
Logo