प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था समितिकाे बैठक बस्दै

प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था समितिकाे बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाकाे बैठक आज आइतबार दिउँसाे बस्दैछ। दिउँसाे १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन्।

संसद बैठकअघि सभामुख अग्नि सापकाेटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बाेलाएका छन्। 

प्रमुख प्रतिपक्ष एमालेले गत २३ भदौदेखि लगातार संसद् अवरोध गर्दै आएको छ। उसले आफ्ना माग सम्बाेधन नभएसम्म अवराेध कायमै गर्ने जनाएकाे छ। 

Skip This
Skip This
Logo