नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद निरन्तर अवरोध हुनेभए संसद भंग गरेर निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरेका छन् ।
संसद चल्न नदिएर एमालेले संसदलाई पंगु बनाइएको भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको बितण्डालाई सामना गर्नका लागि संसद भंग गर्नुपर्ने बताए ।
संसद भंग गरिदिए केपी ओलीको हंगामा गर्ने ठाउँ नरहने उनको टिप्पणी छ । उनले भने, ‘हाउस चल्न पनि नदिने । केही गतिविधि गर्न पनि नदिने । हाउसलाई पंगु बनाउने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने । त्यस्तो हो भने त्यो भन्दा पहिले पुरै संसदले नै अब केपी ओलीको बितण्डाको सामना गर्नलाई यसलाई भंग गरिदिने । न संसद रहन्छ । न हंगामा गर्ने ठाउँ नै रहन्छ, चुनावमा जाने ।’































प्रतिक्रिया