एमालेमाथि चौतर्फी आक्रमण भइरहेको छ : शंकर पोखरेल

एमालेमाथि चौतर्फी आक्रमण भइरहेको छ : शंकर पोखरेल


एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्। नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमाथि आक्रमण भइरहेको बताएका हुन्। 

एमाले अध्यक्ष केपी ओलीको लोकप्रियता देखेर ओलीका समकक्षी नेताहरू पूर्वाग्राही भएर प्रस्तुत भएको आरोप लगाएका उनले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदै गएको बताए। 

‘अध्यक्ष ओली प्रधानमन्त्री हुँदा सरकारलाई काम गर्न नदिने, लफडा गरिरहने। अनि संसद विघटन गरेर चुनाव जान खोज्दा प्रतिगन भनियो,’ महासचिव पोखरेलले भने, ‘अहिले प्रचण्ड र माधवकुमार नेपाल संसद् विघटन गरेर चुनावमा जाने कुरा गर्न थालेका छन् । यसले हिजो एमालेले चालेको कदमको औचित्य पुष्टि हुँदै गएको छ।’ 

एमसीसी पास गर्न गरिएकाे घोषणापत्रको कुनै औचित्य नरहेको भन्दै उनले भने, ‘घोषणापत्र प्रचण्ड र माधवकुमारको कार्यकर्तासामू ‘लाज छोप्ने टालो’ मात्र हो।’ 

Logo