गल्ती सबैका हुन्छन्, समीक्षा गरेर अघि बढौँ : माधव नेपाल

गल्ती सबैका हुन्छन्, समीक्षा गरेर अघि बढौँ : माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमीकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन्। 

बुधबार र बिहीबार चलेको केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले आफ्ना गल्ती सच्याएर ऊर्जाका साथ पार्टी र देशको काममा लाग्न निर्देशन दिएका हुन्। 

‘गल्ती नहुने भन्ने हुँदैन। गल्ती हुन्छ। तर, त्यसलाई सच्याउनु पर्छ। समीक्षा गर्नुहोस्,’ उनले भने, ‘गल्ती र कमीकमजोरीको समीक्षा गर्दै सच्याउँदै ऊर्जाका साथ पार्टी र देशका काममा लाग्नुहोस् ।’ 

पार्टीकाे नियमित बैठक राख्न पनि निर्देशन दिएका उनले लोकतान्त्रिक आन्दोलनमा प्रतिगमनकारीका शिर उठाउन खोज्ने भन्दै सचेत पनि गराए।

Logo