लोकतान्त्रिक शासन ब्यवस्थामा विरोध गर्न पाइन्छ : गृहमन्त्री खाण

लोकतान्त्रिक शासन ब्यवस्थामा विरोध गर्न पाइन्छ : गृहमन्त्री खाण

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाणले आफूलाई कालोझण्डा देखाउने जनमतका कार्यकर्तालाई सम्मान रहेको बताएका छन्। 

रुपन्देहीको धकधईमा कार्यकर्ता भेला एवम पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री खाणले कालो झण्डा देखाउने अधिकार नेपाली कांग्रेसले नै प्रदान गरेको बताउँदै उनले झण्डा देखाउनेलाई सम्मान रहेको बताए । 

गृहजिल्लामै कालोझण्डाको सामना गर्नु परेको बताउँदै गृहमन्त्री खाणले झण्डा देखाउने जनमत पार्टीका कार्यकर्ताहरुलाई सम्मान गर्छु । उहाँहरुले  कालो झण्डा देखाएर बिरोध जनाउनु भएको होला।

कालोझण्डा देखाउने अधिकार पनि नेपाली कांग्रेसले नै प्रदान गरेको हो। नेपाली कांग्रेसले बिरोध, असहमतिलाई सहजतापूर्वक लिन्छ, लोकतान्त्रिक शासन ब्यवस्थामा विरोध गर्न पाइन्छ। कालोझण्डा देखाइए पनि खाणले त्यसको सम्मान गरेको बताए। 

किसानहरुको हितलाई लिएर बिगत लामो समयदेखि आन्दोलनरत रहे पनि सरकारको ध्यानाकर्षण नभएको बताउँदै जनमतका कार्यकर्ताले कालोझण्डा देखाएका हुन् । 

कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले एमसीसी परियोजनाले राष्ट्रियता बलियाे बनाउने र यसले नेपालको विकासमा ठूलो आधारशिला तयार गर्ने बताए। अमेरिकी सहयोग परियोजना एमसीसी पास हुँदैमा नेपालमा विजुलीको तारबाट अमेरिकाको सेना र गोलाबारुद नआउने प्रष्ट्याए । 

सरकारको ध्यान वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रीत भएको छ। उनले भने, ‘समाजमा भारी परिवर्तन भएको छ, समाज धेरै अगाडि बढेको छ, परिवर्तनलाई रोक्न, छेक्न सकिँदैन, यसलाई व्यवस्थित गर्ने हो। ’उनले व्यक्तिगत महत्वकांक्षाले समाजमा द्वन्द्व निम्त्याउने काम गर्न नहुने बताए।

कार्यक्रममा नेकपा एमालेका रोहिणी गाउँपालिका कमिटी सचिव भोला क्षेत्री, रोहिणी गाउँपालिका कमिटी अध्यक्ष पवि क्षेत्री, नेकपा एमाले रोहिणी गाउँपालिका  वडा नम्बर ३ का सचिव राजकिशोर त्रिपाठी, सहसचिव धर्मदेवी प्रजापति, वडा नम्बर २ का सचिव जाहिर खाँन लगायत ५ सय जना कांग्रेस प्रवेश गरेको क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव बैजनाथ सहानीले जानकारी दिए। कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाण, केन्द्रिय सदस्य अब्दुल रज्जाक लगायतले बोलेका थिए । 

रुपन्देहीको धकधईमा आयोजित कार्यकर्ता भेला एवम पार्टी प्रवेश कार्यक्रममा जादै गर्दा गृहमन्त्री खाणलाई जनमतले कालो झण्डा देखाएका थिए।

Skip This
Skip This
Logo