‘एमाले सधैँ मधेशको पक्षमा छ’: ईश्वर पोखरेल

‘एमाले सधैँ मधेशको पक्षमा छ’: ईश्वर पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले सधैँ मधेशको पक्षमा रहेको दाबी गरेका छन्। 

एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई साेमबार जनकपुरधाममा सम्बोधन गर्दै उनले मधेशमा रहेको भेदभाव र गरिबीविरुद्ध एमाले उभिएको जिकिर गरे। उनले भने, “एमाले कुनै नेताको पार्टी होइन, जनताको पार्टी हो।” एमालेको भाग्य र भविष्य जनतासँग जोडिएको उनको तर्क थियो। 

एमालेका सचिव रघुवीर महासेठले एमाले मधेशमैत्री पार्टी भएको भन्दै एमाले नेतृत्वको सरकारले मधेशका लागि २५० वर्षमा हुन नसकेका काम तीन वर्षमा गरेको जिकिर गरे। 

जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा एमालेका पोलिटब्यूरो सदस्य एवं मधेश प्रदेशका सहइञ्चार्ज लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतोसहितका नेताहरूले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए। 

Logo