हाली पर्वलाई मध्यनजर गरेर महानगरीय प्रहरी परिसर टेकुले विशेष सुरक्षा योजना तयार गरेको छ ।
काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार यसपालि होलीमा कम्तिमा १३ ठाउँमा विशेष कार्यक्रम हुने छ ।
सो कार्यक्रमलाई लक्षित गरेर एक हजार ६४९ जना प्रहरी जनशक्ति खटिनेछन् । उनका अनुसार २५ वटा मोबाइल टोली, ३७ पैदल गस्ती, ८७ क्वीक रेस्पोन्स टिम र २८ स्थानमा चेकिङ हुनेछ ।
२६ टोलीलाई सादा पोशाकमा खटाइनेछ भने ४५ जना सिनियर प्रहरी अधिकृत होलीको सुरक्षा व्यवस्थापनमा खट्नेछन् ।
होली खेल्न कोही कसैको इच्छा विपरित जबरजस्ती रंग दले कारबाही हुने छ । एसपी मौलीका अनुसार कसैलाई फोहोर पानी वा कमिकलसहितको रंग छ्यापेको पाइए पनि पक्राउ गरेर कारबाही हुने छ ।
मादक पदार्थ एवं लागूऔषध सेवन गरेर होली खेल्न तथा सवारीसाध नचलाउन पनि सर्वसाधारणलाई अपिल गरेको छ ।
प्रतिक्रिया