निर्वाचनमा कलमले कमाल देखाउँछ माधव नेपाल (भिडियो)

निर्वाचनमा कलमले कमाल देखाउँछ माधव नेपाल (भिडियो)

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको सामथ्र्य रहेके बताए । 

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सामथ्र्य देखिने बताए । 

चुनावी मैदानमा पार्टीको शक्ति देखिने भन्दै उनले आफूहरुलाई खिस्सीट्युरी गर्नेहरुको हरिबिजोग हुने बताए । पार्टीको चुनाव चिन्ह कलमले कमाल देखाउन सक्नुपर्ने पनि बताए । 

अध्यक्ष नेपालले पार्टीका नेता कार्यकर्ताहरुलाई पार्टीको संगठन निर्माण, परिचालन र प्रचार प्रसारको काममा केन्द्रित हुन पनि निर्देशन दिए । 

उनले भने, ‘हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी को भविष्य उज्ज्वल छ । जसको चुनाव चिन्ह कलम हो । वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिन सक्नुपर्दछ । सत्य र न्यायको प्रतीकको रुपमा रहेको त्यो कलमले अवश्य कमाल गर्नेछ भन्ने आशा गर्दै कलमको प्रचार अभियानमा गाउँ–गाउँ, टोल–टोल, बस्ती–बस्तीमा हामी पुगौँ ।’ 

उनले थपे, ‘जनपरिचालन गर्ने काममा लागि परौँ भन्दै म सम्पूर्ण पार्टी कार्यकर्ताहरुलाई यस अवसरमा आव्हान गर्दै यो पार्टीको सामथ्र्य शक्ति चुनावको मैदानमा देखिनेछ । बिगत दुई पटकको चुनावमा देखिएको छ । राष्ट्रिय सभाको पहिलो चुनावमा पनि देखाएका छौँ हामीले । राष्ट्रिय सभाको दोस्रो चुनावमा पनि देखाएका छौँ हामीले अब स्थानीय तहको चुनावमा हाम्रो सामथ्र्य देखिनेछ । र हाम्रा खिस्सीट्युरी गर्ने तत्वहरुको हरिबिजोग त्यही बेलामा थाहा हुनेछ ।’

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा प्रगतिशील भूमिका खेल्नेहरु पुरस्कृत र प्रतिगामी भूमिका खेल्नेहरु दण्डित हुनुपर्ने धारणा राखे ।

 

Logo