प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न प्रचण्ड पाेखरा प्रस्थान

प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न प्रचण्ड पाेखरा प्रस्थान

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गण्डकी प्रदेशको राजधानी पोखरा गएका छन् । 

पार्टीको गण्डकी प्रदेश कमिटीले आज आयोजना गर्ने प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न प्रचण्ड पोखरा गएका हुन्। 

प्रमुख स्वकीय सचिव रमेश मल्लले अध्यक्ष प्रचण्डले पार्टीका नेताहरूलाई स्थानीय निर्वाचनको तयारीबारे निर्देशन दिने बताए। 

प्रचण्डसँगै शिक्षामन्त्री देबेन्द्र पौडेल पनि पोखरा गएका छन्। 

प्रचण्ड हिजो सिन्धुलीमाढी गएका थिए। फागुनको तेस्रो साता केन्द्रीय कमिटी बैठक बसेपछि अध्यक्ष प्रचण्ड देशव्यापी प्रदेशस्तरीय प्रशिक्षणमा व्यस्त छन्।

Logo