विधेयकको आवश्यकता र महत्वलाई हेरेर छिटोभन्दा छिटो पारित गर्नु पर्छ: अध्यक्ष तिमिल्सिना

विधेयकको आवश्यकता र महत्वलाई हेरेर छिटोभन्दा छिटो पारित गर्नु पर्छ: अध्यक्ष तिमिल्सिना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा नभएको बेलामा पनि राष्ट्रिय सभालाई भूमिकासहित चलाउनुपर्ने व्यवस्था गरिनुपर्ने बताएका छन्।

अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभा नभएको अवस्थामा पनि राष्ट्रिय सभालाई सञ्चालन गर्न व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले विगतमा प्रतिनिधि सभा नहुँदा संसद् बाहिरबाटै बजेट ल्याइएको उल्लेख गर्दै राष्ट्रिय सभा भएको बेलामा राष्ट्रिय सभाबाट पनि बजेट पारीत गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताए। 

अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभामा उत्पति भएर राष्ट्रिय सभामा आएका विधेयकहरुको साठ्ठी दिनभित्र निर्णय गरेर पठाउनुपर्ने व्यवस्था भएपनि प्रतिनिधि सभामा भने सो व्यवस्था नभएकाले ०७५ सालदेखिको विधेयकहरु प्रतिनिधि सभामा थन्किएको बताए । यसले गर्दा कानून निर्माण हुन नसकेको उनको भनाइ छ । 

अध्यक्ष तिमिल्सिनाले यो प्रतिनिधि सभा विघटन भएर चुनावतिर गएको अवस्थामा राष्ट्रिय सभाले मेहनत साथ पारित गरेर पठाएका विधेयकहरु शुन्य अवस्थामा पुग्ने भएकाले आगामी दिनमा यस्ता विषयहरुमा ध्यान दिएर दुवै सदनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले विधेयकको आवश्यकता र महत्वलाई हेरेर छिटोभन्दा छिटो पारित गर्नुपर्नेमा जोड दिए । उनले ऐन, नियमावली अथवा आवश्यकता अनुसार संविधान संशोधन गरेर भएपनि राष्ट्रिय सभालाई कामकाजी बनाउनुपर्ने बताए।

उनले यस सन्दर्भमा उपयुक्त समयमा विषयको उठान हुने र सम्बोधन पनि हुने विश्वास व्यक्त गरे।

Logo