एमालेको पोलिट्ब्यूरो बैठक बस्दै, चुनावको तयारीबारे छलफल हुने

एमालेको पोलिट्ब्यूरो बैठक बस्दै, चुनावको तयारीबारे छलफल हुने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले सोमबार पोलिट्ब्यूरो  बैठक बोलाएइको छ । बिहान ११ बजे बबरमहलस्थित एक ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुने जनाइएको छ । त्यस्तै समसामयिक राजनीतिक परिस्थितबारे समेत बैठकमा छलफल हुने रिजालले बताए । 

९९ सदस्यीय पोलिट्ब्यूरो बैठकमा चुनावी एजेण्डा के के हुने रु उम्मेद्वारको मापदण्ड कसरी तय गर्ने रु लगायतका विषयमा छलफल हुने उपप्रमुख रिजालले बताए । एमालेले पार्टीको स्थायी कमिटी  बैठक बसेपछि मात्रै चुनावी एजेण्डा तय गर्नेछ ।

उम्मेद्वार पनि त्यही बैठकपछि टुंगो लगाइनेछ । त्यस्तै यहि चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बस्दैछ भने १३ गते स्थायी कमिटीको बैठक बस्नेछ । 
 

Logo