संसारभरबाटै भरतपुर महानगरलाई विशेष महत्वले हेरिन्छ : पुष्पकमल दाहाल

संसारभरबाटै भरतपुर महानगरलाई विशेष महत्वले हेरिन्छ : पुष्पकमल दाहाल

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको बताएका छन् ।

विकासको दृष्टिकोणले भरतपुर महानगरपालिकाला‍ई देशकै मात्र नभएर संसारभर नै विशेष महत्वका साथ हेरिने गरेको उनले बताए ।

तालमेल गरेर भएको निर्वाचनदेखि नै भरतपुर महानगरपालिका विशेष महत्वमा थियो । यसलाई अहिले पनि देशभरबाट विशेष महत्वले हेर्ने गरिन्छ । विकासले तिब्रता पाएको छ, प्रचण्डले भने ।

देशलाई नै भरतपुर महानगरपालिकाले एउटा रोडम्याप दिइरहेको उनको भनाइ छ । चितवनले दुई पटक देशलाई नेतृत्व गर्ने प्रधानमन्त्री दिएको भन्दै उनले भने, विभिन्न चुनौतिहरूको बीचबाट त्यसबाट नेतृत्व गर्ने अवसर मलाई भयो । म यहाँको जनप्रतिनिधि भएकाले विकास परियोजनालाई तिब्रताका साथ अगाडि बढाईएको छ ।ु 

भरतपुरका जनप्रतिनिधिले आफ्नै आँखा अगाडि भएको विकासबारे भन्न समेत संकोच मानेको उनले जनाए । भरतपुरको विकासप्रति चिन्ताभन्दा पनि चुनाव लागेको उनको भनाइ छ । यस क्षेत्रमा भएको विकासलाई भन्न सक्नुपर्नेमा उनीहरूले चुनावी एजेण्डा बनाउन खोजेको आरोप लगाए । 

Skip This
Skip This
Logo