चिनियाँ विदेशमन्त्री वाङले आज शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने

चिनियाँ विदेशमन्त्री वाङले आज शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने

केन्द्रबिन्दु
0
Shares

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी ले आज शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने भएका छन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ शुक्रबार नेपाल आइपुगेका थिए।

विदेशमन्त्री वाङ दक्षिण एशियाली देशहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमणपछि नेपाल आएका हुन्। वाङले नेपाल बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. खड्कालगायत नेताहरूसँग भेटवार्ता गर्नेछन्।

विदेशमन्त्री वाङले नेपालका समकक्षी नारायण खड्कासँग वार्ता गर्नेछन्। परारष्ट्रमन्त्री खड्कासँगको भेटपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्रीको स्वागतमा आज साँझ होटल द्वारिकाजमा रात्रीभोज दिनेछन्।

भ्रमणको अन्तिम दिन आइतबार (भोलि) वाङको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट हुनेछ। चिनियाँ विदेशमन्त्री यी ले नेपाललाई आर्थिक सहायता घोषणा गर्ने अपेक्षा गरिएको छ। विभिन्न १२ सम्झौतामा हस्ताक्षर हुने दाबी गरिएको छ। विदेशमन्त्री वाङको सुरक्षाका लागि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ।

Skip This
Skip This
Logo