निर्वाचन चिह्नको रंग बदल्न आयोगले दलहरुसँग परामर्श गरेन : केपी शर्मा ओली

निर्वाचन चिह्नको रंग बदल्न आयोगले दलहरुसँग परामर्श गरेन : केपी शर्मा ओली

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा चुनाव चिह्नको रङ बदल्ने विषय सामान्य नभएको बताएका छन् ।

आइतबार बसेको स्थायी कमिटीको पहिलो बैठकमा सम्बोधन गर्दै ओलीले निर्वाचन चिह्नको रंग बदल्ने जस्तो महत्वपूर्ण विषयमा आयोगले दलहरुसँग परामर्श नगरेको बताए । निर्वाचन आयोगले विभिन्न विषयमा समय–समयमा दलहरुसँग परामर्श गर्ने गरेको छ । तर, यति महत्त्वपूर्ण विषयमा परामर्श गर्नु नपर्ने, अरु अनावश्यक विषयमा परामर्श गर्नुपर्ने कुरा सही होइनु उनले भने ।  

उनले मतपत्रमा रंग बदल्ने कुरा एउटा दल विशेषलाई, सत्ता गठबन्धनको दललाई फाइदा पुग्ने गरी गरिएको आरोप लगाए । निर्वाचनमा पहिले प्रचलित रङ परिवर्तनका लागि दलहरुको सहमति अनिवार्य हुने ओलीले भने ।  

Logo