नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनाव सम्झिएपछि पाँच दलीय गठबन्धनको सात्ताे जाने गरेको बताएका छन् ।
नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीले साेमबार आयोजना गरेकाे प्रशिक्षण कार्यक्रममा उनले गठबन्धन निर्वाचन कुनै पनि हालतमा सार्ने र टार्ने मनस्थितीमा रहेकाे दावी पनि गरे।
नेकपा एमालेले सशक्त दबाब र खबरदारी गरेकोले संविधान र कानुनको व्यवस्था अनुरुप निर्धारित मितिमै निर्वाचन हुन लागेकाे हाे। 'त्यो मितिमा निर्वाचन भएन भने जनस्तरबाट ठूलो दबाब सृजना गर्छौं भनि खबरदारी गरेपछि मात्रै सरकारले निर्वाचन रोक्न सकेन । निर्वाचनको माहोलमा पुगेको छ, नेकपा एमालेको दबाब, अग्रसरता पहलकदमीले निर्वाचनको मिति तय भएर मुलुक निर्वाचनमय भएको छ।' उनले भने ।
उनले अहिले जनलहर एमालेको पक्षमा भएकाले गठबन्धनको सरकार आत्तिएको बताए ।































प्रतिक्रिया