बिमस्टेकलाई जीवन्त राख्न नयाँ संकल्प र सामूहिक प्रतिबद्धता आवश्यक : परराष्ट्रमन्त्री खड्का

बिमस्टेकलाई जीवन्त राख्न नयाँ संकल्प र सामूहिक प्रतिबद्धता आवश्यक : परराष्ट्रमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री डा नारायण खड्काले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)लाई जीवन्त राख्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन्। 

श्रीलंकाको कोलम्बोमा मंगलबार बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले बिमस्टेकमा केही ठोस कार्य गर्ने बेला आएकोसमेत जनाए। 

‘बिमस्टेकलाई जीवन्त राख्न नयाँ संकल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यहरुको आवश्यकता छ,’ परराष्ट्रमन्त्री डा खड्काले सम्बोधनका क्रममा भने। 

उनले सामान्य दृष्टिकोणबाट टाढा रहनु पर्ने जनाउँदै वर्तमान चुनौतीहरु अनुरुप नवीन मार्गहरु निर्माण गर्दै अघि बढ्नुपर्ने बताएका थिए। 

परराष्ट्रमन्त्री डा खड्का बिमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार श्रीलंकाको राजधानी कोलम्बो पुगेका हु्न्। कोलम्बोमा मंगलबार बिहान परराष्ट्रमन्त्री डा खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको थियो।

Logo