राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइ संवैधानिक इजलासमा

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइ संवैधानिक इजलासमा

केन्द्रबिन्दु
0
Shares

दल विभाजन गर्ने प्रावधान खुकुलो बनाउने गरि गत भदौमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटको आज सुनुवाइ हुँदैछ। 

अध्यादेशका आधारमा एमाले र जनता समाजवादी पार्टी भने विभाजन भएकै ८ महिना पुगेको छ। तर, बल्ल अध्यादेशविरुद्धको रिटको सुनुवाइ कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा आज हुँदैछ।

रिट निवेदक अधिवक्ताहरू अर्जुनकुमार अर्याल र शकुन्तला भुसाल, दिनेशकुमार अर्याल र अनुपा अर्याल, सरोज बुढाथोकी र आशिष श्रेष्ठ, प्रवेश केसी, श्रीकान्त बराल र दलबहादुर धामी हुन् । 

उनीहरूले रिटमार्फत राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको माग गरेका छन् ।

Skip This
Skip This
Logo