गठबन्धनमा आवद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

गठबन्धनमा आवद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनले गठबन्धन दलमा आवद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन बैठकले गठबन्धनमा आवद्ध दलबीच मात्र चुनावी तालमेल गर्ने निर्णय गरेको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

उनका अनुसार बैठकले केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने, स्थानीय तहको निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरूले गठबन्धनमा मात्र चुनावी तालमेल गर्ने निष्कर्ष निकालेको हो। 

संयन्त्रमार्फत आएको रिपोर्टका आधारमा उम्मेदवार छनौट गर्ने कांग्रेस नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। 

Logo