देउवालाई एमालेको प्रश्न : भारत भ्रमण पारिवारिक हो कि प्रधानमन्त्रीको हैसियतले ?

देउवालाई एमालेको प्रश्न : भारत भ्रमण पारिवारिक हो कि प्रधानमन्त्रीको हैसियतले ?

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जाँदै छन् । तर देउवाको भारत भ्रमणमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रश्न उठाएको छ । मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएको भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आपत्ति जनाएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ’प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन ।’

देउवाको भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले भन्दै रिजालले प्रश्न उठाएका हुन् । ’स्वाभाविक रुपमा प्रश्न उठेको छः शेरबहादुर देउवाको यो भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हुन लागेको हो ?’ उनले प्रश्न गरेका छन् ।

Logo