पाँचथर उद्योग वाणिज्य संघकाे अध्यक्षमा नवराज घिमिरे विजयी

पाँचथर उद्योग वाणिज्य संघकाे अध्यक्षमा नवराज घिमिरे विजयी

केन्द्रबिन्दु
0
Shares

पाँचथर उद्योग वाणिज्य संघको १२ औँ अधिवेशनबाट अध्यक्षमा  नवराज घिमिरे विजयी भएका छन् ।अध्यक्ष पदमा सत्तारुढ गठबन्धनका नरेन्द्र अधिकारी पराजित गर्दै घिमिरे विजयी भएका हुन् । 

पाँचथर उद्योग वाणिज्य संघको आइतबारको निर्वाचनमा घिमिरेले मत ६५२ प्राप्त गरे  भने अधिकारीले मत ५७३ प्राप्त गरेका थिए । अधिकारी र घिमिरेको मतान्तर भने ७९ रहेको छ । 

अधिकारी सत्ता गठबन्धनबाट काग्रेसका उम्मेदवार हुन् । घिमिरे नेकपा एमालेका हुन् ।  घिमिरेलाई एमाले सहित राप्रपा निकट व्यवसायीहरुको साथ थियो भने अधिकारीलाई काँग्रेस सहित माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी निकट व्यवसायीहरुको साथ थियो । 

पदाधिकारीमा सत्ता गठबन्धनका बहुमत उम्मेदवारहरु विजयी भएको निर्वाचन आयोगले जनाएको छ । स्थापनादेखि पहिलो पल्ट पाँचथर उद्योग वाणिज्य संघमा एमालेले नेतृत्व लिएको यो पहिलो पल्ट हो । यसअगि कांग्रेसले नेतृत्व गरिरहेको थियो । 

Skip This
Skip This
Logo