गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारीमाथि हातपात गरेका छन्। उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ। यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन्।
‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु। म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले भने, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’ कुटिएका भनिएका कर्मचारी ओझाको फोन स्वीच अफ छ। घटना के कारणले भएको भन्ने पनि खुलेको छैन ।
‘भनाभन भएको हो भन्ने सुनिएको छ। कुटपिट नै भएको हुन सक्छ,’ एक कर्मचारीले भने, ‘यसरी त काम गर्न गाह्रो हुन्छ ।’
मनाङेले मन्त्री हुनुअघि पनि कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए । न्युज कारखाना





























प्रतिक्रिया