राप्रपाले आगामी स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा राम थापालाई मेयरमा उम्मेदवार बनाउने घोषणा गरेको छ। आज पार्टीको दमकमा आयोजित आमसभामा थापाको उम्मेदवारी घोषणा भएको हो।
राप्रपाका प्रदेश नम्बर-१ को अध्यक्षसमेत रहेका थापा दमक नगरपालिकाका पूर्वप्रमुख पनि हुन् । उनी दमकका लोकप्रिय राजनीतिक र सामाजिक राजनीतिकर्मीको रुपमा परिचित छन्। झापामा राप्रपाको संगठन प्रभावकारी रहेको छ। झापाको क्षेत्र नं ३ मा राप्रपाले प्रतिनिधि सभाको निर्वाचन जितेको छ, सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका हुन् । राप्रपाको प्रदेश-१ को संसदमा पनि प्रतिनिधित्व रहेको छ भने झापामै गत निर्वाचनमा कचनकवल, हल्दिबारी र गौरीगञ्ज गाउँपालिकामा राप्रपाले विजय प्राप्त गरेको थियो।
दमकमा आज आयोजित आमसभामा एक हजार भन्दा बढी व्यक्ति राप्रपामा प्रवेश गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै मेयर पदमा उम्मेदवारी घोषणा गरेका थापालाई विजयको शुभकामना दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा राप्रपाले आज शक्ति प्रदर्शन गरेको हो ।































प्रतिक्रिया