राप्रपाको देशव्यापी चुनावी अभियान आजदेखि, अध्यक्ष लिङ्देन बारामा

राप्रपाको देशव्यापी चुनावी अभियान आजदेखि, अध्यक्ष लिङ्देन बारामा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज चुनावी अभियानको औपचारिक सुरुवात गर्दैछ। जनताको माझमा राप्रपा र घरदैलो अभियान अन्तरगत ७७ वटै जिल्लामा सुरु गर्न लागिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधिसहितको बैठक बसेर निर्वाचन अभियान सुरु गर्न लागिएको हो। 

आज हरेक जिल्लाका सदरमुकाममा गरिने अभियानको शुभारम्भ गर्दा साना ठूला आमसभा, कोणसभा गरिने छ। चुनावी अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरिएको छ।  निर्वाचन अभियान अन्तर्गतकै कार्यक्रममा भाग लिन अध्यक्ष राजेन्द्र लिङ्देन बारा पुगेका छन्।

उनले बाराको कलैयामा चुनावको ७५ औँ सभालाई आज सम्बोधन गर्ने प्रवक्ता श्रेष्ठले बताए। यस्तै राप्रपाले स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्दा जनजागरणका लागि आफ्नो टोलमा पुगौँ भन्ने नारा तय गरेको छ। 

Skip This
Skip This
Logo