नेपालगञ्ज उपमहानगरमा नवप्रवेशी नेता बने एमालेबाट मेयर उम्मेदवार

नेपालगञ्ज उपमहानगरमा नवप्रवेशी नेता बने एमालेबाट मेयर उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा पार्टीमा नवप्रवेशी नेता पशुपति दयाल मिश्रलाई मेयरमा सर्वसम्मत रुपमा उम्मेदवार चुनेको छ । उपमहानगर कमिटीको बैठकले हालैमात्र हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबाट एमालेमा प्रवेश गरेका मधेस आन्दोलनका अगुवा मिश्रलाई मेयर उठाउने सर्वसम्मत निर्णय गरेको हो । 

मिश्र मधेस आन्दोलनबाट उदाएका प्रभावशाली नेता हुन् । पशुपति दयाल मिश्र गत मंसिरमा अध्यक्ष केपी शर्मा ओलीलाई नेपालगञ्जमा निम्त्याएर ठूलो समूहसहित एमाले प्रवेश गरेका थिए ।

त्यस्तै एमालेले नेपालगंजमा उपमेयरमा शान्ता ढकाललाई उम्मेदवार बनाउने भएको छ । उपमेयरमा पार्टी केन्द्रीय सदस्य शान्ता ढकाललाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको एमालेले जनाएको छ । 

Skip This
Skip This
Logo