एमालेले वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने

एमालेले वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले स्थानीय तहको निर्वाचनको घोषणापत्र आगामी वैशाख ९ गते सार्वजनिक गर्ने भएको छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वैशाख ९ गते जारी गर्नेगरी घोषणापत्रको तयारी भइरहेको जानकारी दिएका हुन् । पार्टीका नेताहरूले दिएको सुझाब ग्रहण गर्दै मंगलबार वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई हक्का राखेर घोषणापत्र जारी गर्नुपर्ने बताए ।
 
विगतमा गरेका कामको समिक्षा गर्दै अब के गर्ने भन्ने कुरा ध्यान राखेर यसपटक एमालेले गर्ने काम जनताले बुझ्ने गरेर निर्वाचनमा राख्ने समेत जानकारी दिए । यस पटक नेकपा एमालेले जारी गर्ने स्थानीय तहको निर्वाचनको घोषणापत्र दुई किसिमका हुने जानकारी दिँदै नेता पोखरेलले केन्द्रबाट जारी गरिने घोषणापत्रमा एमालेले स्थानीय तहमा निर्वाचित भइसकेपछि र स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसकेपछि कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने बारेमा घोषणापत्र रहने बताए ।

 
केन्द्रिय तहबाट जारी गरिने घोषणात्रकै आधारमा ७५३ वटा पालिकाले प्रतिवद्धता पत्र जारी गर्ने बताउदै उनले घोषणापत्र र पतिवद्धता जारी गर्दा स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनमा गरिने प्रतिवद्धताहरुको फरक ठाउँ भएकोले छ्यासमिस गर्न नहुने समेत बताए । 

‘हामी स्थानीय तहको निर्वाचनको घोषणापत्र तयारी गर्ने अन्तिम चरणमा छौँ । किनभने हामीले वैशाख ९ गते घोषणापत्र जारी गर्दैछौँ,’ बरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘यसपटक हाम्रा घोषणापत्रहरू दुई किसिमका हुनेछन् । एउटा केन्द्रबाट जारी गरिनेछ । त्यो घोषणापत्रमा नेकपा एमालेले स्थानीय तहमा निर्वाचित भइसकेपछि स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसकेपछि कुन क्षेत्रमा कसरी काम गर्दछ । त्यो प्रतिवद्धता पत्र पनि वैशाख ९ गते नै जारी गरिनेछ ।’

Skip This
Skip This
Logo