नेकपा स्थायी कमिटी बैठक शुरु

नेकपा स्थायी कमिटी बैठक शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्थगित भएको लामो समयपछि नेकपा स्थायी कमिटीको बैठक आज शुरु भएको छ । केही बेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा आजको बैठक शुरू भएको हो ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिन अघि स्थायी कमिटीको बैठकका एजेण्डाहरु तय गरेका थिए ।

गत असार १० गते शुरू भइ पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पछिल्लोपटक साउन ६ गते बसेको थियो । आजको बैठक पार्टीको विवाद समाधानका लागि महत्वपूर्ण हुने बताइएको छ ।

Logo