प्रधानमन्त्रीसँग डब्ल्युएचओका महानिर्देशकको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग डब्ल्युएचओका महानिर्देशकको शिष्टाचार भेट

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा.टेड्रोस एड्हानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा.गेब्रेयससले खेल्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै त्यतिबेला डब्ल्युएचओले नेपाललाई खोप वितरण गरी महत्वपूर्ण सहयोग गरेकामा उहाँप्रति आभार पनि व्यक्त गरे ।  प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पनि महानिर्देशक डा.टेड्रोसलाई आग्रह गरे । 

महानिर्देशक डा.टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा खुशी व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिए । महानिर्देशक डा.टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान निकै उदाहरणीय र प्रशंसनीय रहेको पनि बताए । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा महानिर्देशक डा.टेड्रोसले तीन दिने भ्रमणमा बिहीबार नेपाल  आएका थिए ।  नेपाल भ्रमणमा रहँँदा आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उनले भेटवार्ता गरे । 

Logo