नेपालले आफ्नो शासन व्यवस्था र आर्थिक विकासमा अतुलनीय परिवर्तन देखेको छ : अमेरिकी विदेशमन्त्री

नेपालले आफ्नो शासन व्यवस्था र आर्थिक विकासमा अतुलनीय परिवर्तन देखेको छ : अमेरिकी विदेशमन्त्री

केन्द्रबिन्दु
0
Shares

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको बताएका छन्। 

नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा ट्वीट गर्दै विदेशमन्त्री ब्लिन्केनले भनेका छन्, ‘हामी साझेदारको रूपमा हाम्रा उपलब्धिहरूमा गर्व गर्छौं र मित्रताको धेरै दशकहरूको लागि तत्पर छौं।’

उनले नेपालसँग धेरै दशक लामो मित्रताका लागि अमेरिका तयार रहेका बताएका छन् । 

दोस्रो विश्वयुद्धको समाप्तिसँगै अमेरिका नेपाल सम्बन्ध स्थापना भएको थियो। सन् १९४७ अप्रिलमा अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएकाे थियाे। त्यसपछि नेपालमा अमेरिकी दूतावासको औपचारिक स्थापना भएकाे हाे।

Skip This
Skip This
Logo