धर्मेन्द्रको पार्टीको राजनीतिक कार्यदिशा आहुतीको सँग मिल्दोजुल्दो !

धर्मेन्द्रको पार्टीको राजनीतिक कार्यदिशा आहुतीको सँग मिल्दोजुल्दो !

केन्द्रबिन्दु
0
Shares

नवगठित नेकपा (बहुमत) पार्टीले ‘वैज्ञानिक समाजवादी क्रान्ति’को राजनीतिक कार्यदिशा तय गरेको छ।

एकीकृत जनक्रान्तिको कार्यदिशालाई खारेज गरेको छ। मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा-क्रान्तिकारी माओवादीबाट अलग भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा गठन गर्दै एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा तय गरेको थियो। 

तर, चितवन भेलाबाट ‘विप्लव’लाई हटाएको केही दिनमै नेकपा (बहुमत) पार्टी गठन गर्दै उक्त पार्टीका संयोजक बनेका नेता धर्मेन्द्र बास्तोलाले ‘वैज्ञानिक समाजवादी क्रान्ति’को कार्यदिशा अघि सारेका हुन् । 

यही राजनीतिक कार्यदिशामा टेकेर पुँजीवादी क्रान्तिको सम्पूर्ण चरण पूरा गर्दै सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरेर अन्ततः समाजवादसम्म पुग्न सकिने उक्त पार्टीले संश्लेषण गरेको छ।

बास्तोलाको पार्टीको यो राजनीतिक कार्यदिशा भने विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीको कार्यदिशासँग मेल खाने देखिन्छ। किनभने आहुतीको पार्टीको पनि कार्यदिशा ‘वैज्ञानिक समाजवाद’ हो।

Skip This
Skip This
Logo