मधेशका जनतालाई प्रचण्डले भने, ‘ओलीले संविधान संशोधन गर्न दिएनन्’

मधेशका जनतालाई प्रचण्डले भने, ‘ओलीले संविधान संशोधन गर्न दिएनन्’

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी जनताको चाहानाअनुसार संविधान संशाेधन गर्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन्। 

दोस्रोपटक प्रधानमन्त्री हुँदा दुई पटक संसद् सचिवालयमा संविधान संशोधन र परिमार्जनका लागि प्रस्ताव दर्ता गरेकाे तर ओलीका कारण छलफलै नभएको  उनकाे आरोप थियाे ।

‘तपाईंहरूलाई थाहा छ या छैन, मैले दोस्रो चोटी प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा दुई पटक संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थिएँ’, प्रचण्डले धनुषाको मिथिला पुगेर शनिबार भने, ‘ र, त्यो संशोधन र परिमार्जनको प्रस्ताव के कारणले सफल हुन सकेन ?  तपाईंहरूलाई थाहा छ या छैन । म तपाईंहरूलाई भन्न चाहन्छु, केपी ओलीकै कारणले संविधान संशोधन हुन सकेन। परिमार्जन हुन सकेन।’

प्रचण्डले मधेशका जनताको हक अधिकारको निम्ति र मधेशको विकाससँगै समृद्धि तथा विकासका लागि पाँचदलीय गठबन्धन बनाएको प्रष्ट पारे । उनले संविधान, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था र जनताको विकास र समृद्धिको चाहानालाई सम्बोधन गर्न पनि गठबन्धन अनिवार्य रहेको बताए। गठबन्धनको पक्षमा देशभरी लहर आएको पनि दाबी गरे। 

Skip This
Skip This
Logo