चन्द नेतृत्वको नेकपा विभाजित, बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) पार्टी गठन

चन्द नेतृत्वको नेकपा विभाजित, बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) पार्टी गठन

केन्द्रबिन्दु
0
Shares

पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले नेपाल कम्युनिष्ट पार्टी (बहुमत) नामको नयाँ पार्टी घोषणा गरेको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो समूहले धर्मेन्द्र बास्तोलाको संयाेजकत्वमा नेकपा (बहुमत) पार्टी गठनको घोषणा गरेको हो । कतिपय केन्द्रीय सदस्यहरुलाई एमालेको सूर्य चिह्नबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नु परेको संयोजक बास्तोलाले बताए । 

उनले आफ्नो नयाँ पार्टीको कार्यनीति वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको र त्यसका लागि मुलुकको समृद्धि र स्वाधिनताको नारालाई अघि बढाउने योजना रहेको स्पष्ट पारे । 

सो पार्टीले पत्रकार सम्मेलनमा जनताबाट लिएर जनतालाई नै दिने, तथ्यबाट सत्यको खोजी गर्ने, अनुसन्धान नगरी नबोल्ने, जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने माओवादी नीतिमा आफूहरु प्रतिवद्ध रहेको पनि जनाएको छ।

Logo