काठमाडौं । सत्ताधारी दल नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ । गत साउन १३ गतेदेखि स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार बस्न लागेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले स्थायी कमिटीको स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको जानकारी दिए । सोमबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय र महासचिव सहितको छलफलमा यस्तो सहमति भएको उनको भनाइ छ ।
नेकपाभित्र देखा परेको विवाद समाधान गर्न गत साउन ३० गते अध्ययन कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले नौ दिन लगाएर १७ पृष्ठ लामो आफ्नो अध्ययन प्रतिवेदन दुई अध्यक्षद्वयलाई बुझाएको थियो । सो प्रतिवेदनमा सचिवालय बैठकमा छलफल भइसकेको छ । सचिवालयपछि उक्त कार्यदललको प्रतिवेदनमाथि स्थायी कमिटीमा घनिभूत छलफल हुने स्थायी कमिटीका एक सदस्य बताउँछन् । नेकपा स्थायी कमिटी बैठक गत असार १० देखि जारी छ ।





























प्रतिक्रिया