संसद् अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई सभामुखको अपील

संसद् अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई सभामुखको अपील

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपील गरेका छन् ।

सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुगेका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मंगलबार (भोलि)देखि सुरु हुने संसदको अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपील गरेका हुन् । 

उनले आफ्नो कुराकानी नभएपनि कानूनमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुराकानी गरिरहेको आफूले जानकारी पाएको बताए । 

सभामुख सापकोटाले जेठ १५ गते अनिवार्यरुपमा बजेट ल्याउनुपर्ने भएकाले यस सम्बन्धमा राजनीतिक दलहरुकाबिचमा समझदारी बन्ने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले बजेट अधिवेशन मुलरुपमा बजेटमै केन्द्रीत हुने बताए । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोगको प्रस्तावमाथि बजेट पारित भइसकेपछि मात्रै छलफल हुने बताए। 

उनले सर्वसम्मत् भइसकेको विधेयकहरुलाई अगाडि बढाउनका लागि राजनीतिक दलहरुका बिचमा समझदारी भएमा त्यसलाई अगाडि बढाउन संसद् सचिवालय तयार रहेको स्पष्ट पारे। संघीय संसदको बजेट अधिवेशन मंगलबार अपरान्ह ४ बजे बस्ने गरि आव्हान गरिएको छ। 

Skip This
Skip This
Logo