काठमाडौं । काँकडभिट्टा इनरुवा रेलमार्ग ठेक्का प्रकृयाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले विरोध प्रदर्शन गरेको छ । ठेक्का प्रकृयाको विरोध गर्दै आएको कांग्रेसको भातृ संगठनका नेताहरुले आज माइतीघरमा प्रदर्शन गरेका हुन् । ठेक्का प्रकृयाको छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै भातृ संगठनका नेताहरुले मौन प्रदर्शन गरेका हुन् ।
महामारीको समयमा जनता कोरोनाबाट प्रभावित भइरहेको बेला सरकारले मिलेमलोमा ठेक्का दिएको उनीहरुको आरोप छ । अहिले उपत्यकामा निषेधाज्ञा जारी छ । संक्रमणको जोखिम बढेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाकै बीचमा कांग्रेस भातृ संगठनका नेताहरु प्रदर्शनमा उत्रिएका हुन् ।
१२ जनामात्रै सहभागी भएर सामाजिक दूरी कायम गरी प्रदर्शन गरिएको उनीहरुले बताएका छन् । रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न लेखा समिति, विकास समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उनीहरुले आग्रह गरेका हुन् । प्रदर्शनकै क्रममा प्रहरी आइपुगेपछि उनीहरु तितरवितर भएका थिए ।





























प्रतिक्रिया