सरकारले तीनखम्बे अर्थनीतिलाई बेवास्ता गर्‍यो : झलनाथ खनाल

सरकारले तीनखम्बे अर्थनीतिलाई बेवास्ता गर्‍यो : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चार वर्षमा ल्याइएका चार वटा  बजेटमा राज्यको तीनखम्बे अर्थनीतिलाई बेवास्ता गरेको बताएका छन्। 

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले विगतमा चार वर्षमा चार वटा बजेट ल्याउँदा बेवास्ता गरिएको राज्यको तीनखम्बे अर्थनीतिलाई आगामी बजेटले स्वीकार्नुपर्ने बताए । 

खण्डिकृत भूमि नीतिलाई बजेटले तत्काल रोक्नुपर्ने भन्दै उनले यसका लागि भूमिसुधार गर्नुपर्ने बताए। कृषिक्षेत्रको विकासविना समुन्नत देशको कल्पना गर्न नसकिने भन्दै उनले भूमि सुधार नीतिविना कृषिको सुधार हुनै नसक्ने बताए। कृषिक्षेत्रलाई आधुनिकीकरण र यान्त्रिकरण गर्नुपर्नेमा जोड दिएका नेता खनालले प्रत्येक वडामा कृषि बजार स्थापना गर्नुपर्ने बताए ।

Skip This
Skip This
Logo