निजी क्षेत्रको सहभागितामा रुग्ण उद्योग सञ्चालन गर्दै छौं : दिलेन्द्रप्रसाद बडू

निजी क्षेत्रको सहभागितामा रुग्ण उद्योग सञ्चालन गर्दै छौं : दिलेन्द्रप्रसाद बडू

केन्द्रबिन्दु
0
Shares

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रको सहभागितामा रुग्ण बनेका उद्योग सञ्चालन गर्ने गृहकार्य भइरहेको बताएका छन्। 

सोमबार नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको ‘मेक इन नेपाल’ स्वदेशी समिट २०२२’ सम्मेलनमा बोल्दै मन्त्री बडूले तत्काल स्वदेशी वस्तुको उत्पादन, रोजगारी बढाउनका लागि निजी क्षेत्रको सहभागितामा सरकारले रुग्ण बनेका उद्योग सञ्चालन गर्ने गृहकार्य भइरहेको बताएका हुन्। 

उनले निजी क्षेत्रको उत्साहजनक सहभागिता सरकारले अपेक्षा गरेको मन्त्री बडुले बताउनु भयो । रुग्ण बनेका उद्योग चलाउनको लागि मन्त्रालयको कार्यदलले मोडालिटी तयार गरिहेको बताए। 

मन्त्री बडूले रुग्ण बनेका उद्योग सञ्चालन गर्ने निजि क्षेत्रलाई दिँदा मुलुकभित्र उद्योगमा वृद्धि,उत्पादन र रोजगारी वृद्धि तत्काल हुन सक्ने उल्लेख गरे। मन्त्री बडूले विगतमा सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा रुग्ण उद्योग सञ्चालन गर्ने कार्यक्रम आए पनि अहिलेसम्म कार्यान्वयनमा भने आउन नसकेकाले अब कार्यान्वयन गरेर सरकार अगाडि बढ्ने बताए।

मन्त्री बडूले भने, ‘सरकारले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रममा रुग्ण उद्योगहरु चलाउनुपर्छ भन्छौँ। तर किन चलेन चलाउनु पर्छ । त्यसो हुनाले काम शुरु गर्नुपर्छ अनि मात्रै चल्छ। सरकार निजी क्षेत्रको सहभागितासहित वा लामो समय बसिरहेको सम्पत्तिलाई निजी क्षेत्रलाई दिएर हुन्छ।’  

Skip This
Skip This
Logo