राजविराजका नगर प्रमुख यादव जनताका गुनासो समाधानमा गर्दै

राजविराजका नगर प्रमुख यादव जनताका गुनासो समाधानमा गर्दै

केन्द्रबिन्दु
0
Shares

राजविराज नगरपालिकाका प्रमुख भीमराज यादवले जनताका गुनासा आउने बित्तिकै समाधान गर्न थालेका छन् ।

प्रमुख पदको शपथ र पदभार ग्रहण कार्यक्रममा उनले नगर क्षेत्रभित्र कतै केही समस्या भए तुरुन्तै फोन गर्न नगरवासीलाई आग्रह गरेका थिए । सोहीअनुसार प्रमुख यादवलाई हटियामा वर्षाको पानी जमेर जलमग्न हुँदा आवातजावतमा समस्या भएको भन्दै सोमबार स्थानीयवासीले फोन गरे । 

लगत्तै जेसिबी लिएर प्रमुख यादवले जमेको पानीलाई निकास दिएको स्थानीय रामकृष्ण साहले बताए । ‘हटियामा जमेको पानीको निकास निकास नहुँदा पसल थाप्न  समस्या थियो’, उनले भने, ‘पानीका कारण ग्राहकलाई किनमेल गर्नसमेत कठिनाई भएको थियो ।

पानी ढलमा खसालेपछि सबैलाई सहज भएको छ ।’ साहका अनुसार सोही अवसरमा ढलमा जमेका फोहोरमैलालाई पनि यादव नेतृत्वमा जुटेको सफाइ टोलीले निकालेर फालेका छन् । 
 

Skip This
Skip This
Logo