एक घण्टामा चितवन पुग्ने आधार के हो : राजेन्द्र लिङ्देन

एक घण्टामा चितवन पुग्ने आधार के हो : राजेन्द्र लिङ्देन

केन्द्रबिन्दु
0
Shares

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको आर्थिक संकट र मूल्यवृद्धि रोक्नेतर्फ बजेट बताएका छन् । बजेट निर्वाचन केन्द्रीत भएको टिप्पणी गर्दै उनले बजेटका स्रोत सुनिश्चित नभएकाले परम्परागत शैलीभन्दा फरक नभएको बताए ।

प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै बुधबार उनले त्यस्तो बताएका हुन् । उनले भने, ‘यो बजेट केवल निर्वाचन लक्षित छ । बजेको स्रोत के हो ? कार्यान्वयनका आधार के हुन् रु केही छैन । सदाझैँ  बजेट आम्दानी, अनुदान र ऋण लिइन्छ होला भनेर बजेट बनाइएको छ ।’ एक घण्टामा चितवन पुग्ने आधार के हो भन्दै नेता लिङ्देनले प्रश्न गरे । 

सरकारले बजेटमा चन्द्रागिरी चित्लाङ चितवन द्रुतमार्ग बनाउने र त्यसपछि एक घण्टामा चितवन पुग्न सकिने बताएको थियो । बजेटलाई ललिपपको संज्ञा दिदै उनले हेटौँडा कपडा उद्योगका कपडा लगाउने भनेर भनिएपनि उत्पादन हुने ठेगान नरहेको बताए । त्यस्तै उनले इन्डक्सन चुलो गरिबहरूलाई बाँड्ने भनिएपनि त्यो कमिसनबाहेक अन्य केही नरहेको बताए । बजेटका कतिपय कुराहरु गर्न नसक्ने विषय भएको भन्दै त्यस्ता विषय सकिन्छ भने हटाउन सुझाव दिए ।

Logo