सांसद हृदयेश त्रिपाठीले बजेटले मुलुकका गम्भीर समस्यालाई समेट्न नसकेको बताएका छन् । बुधबार संघीय संसदमा जारी बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सरकारले प्रस्तुत गरेको बजेटले आफूलाई चिन्तित बताएको बताए ।
अहिले अर्थतन्त्रका चुनौती भएको भन्दै उनले देश संकटतर्फ बढिरहेको बताए । ‘म यो बजेटको समर्थन वा आलोचनाभन्दा पनि चिन्ताका साथ केही कुरा राख्नुपर्ने देखेको छु । पहिलो कुरा त के छ भने अहिले अर्थतन्त्रका चुनौती छन्ु, उनले भने,संकटतर्फ देश बढिरहेको छ ।
त्यस विषयमा बजेटमा चिन्ता कम भएकाले चिन्तित हुनुपर्ने भएको छ । मोटाउनु र सुन्निनु फरक कुरा हो । बजेट धेरै ठाउँमा सुन्निएको जस्तो छ जुन बिरामीको कारण हो ।’
सुन्निएको बजेटलाई सरकारले उपलब्धीका रुपमा लिए पनि यथार्थमा बजेट सुन्निएको बताउदै उनले बजेटलाई रोगको लक्षणको संज्ञा दिएका थिए ।





























प्रतिक्रिया