नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले आफ्नै पार्टीका अर्थमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रमलाई बुझ्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकमा सरकारले जेठ १५ मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद पोखरेलले अर्थमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रमलाई नबुझेको भनेर प्रश्न गरेका छन् ।
सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धित कामलाई अर्थमन्त्री जनार्दन शर्माले बुझ्न नसकेको टिप्पणी गरेका हुन् । अर्थमन्त्री शर्माले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धित कामलाई बुझ्न नसकेको भन्दै उनले सरकारले सामाजिक उत्तरदायित्वसँग गाँसेर स्वास्थ्य बीमा ल्याएको र निजी क्षेत्रले ल्याएको बीमा जस्तो नभएकाले कम्पनीलाई दिनु नहुने बताए ।
बजेटमा स्वास्थ्य बीमा कम्पनीलाई दिने उल्लेख गरिएको भन्दै अर्थमन्त्रीले यसलाई पुनरावलोकन गर्नुपर्ने बताए । स्वास्थ्य बीमा कम्पनीलाई दिने कुरा युनिभर्सल कभरेजको कन्सेप्टबाट आएको भन्दै उनले सरकारले ल्याएको स्वास्थ्य बीमा नाफा र नोक्सानको कोणबाट नआएको बताए ।
विश्व स्वास्थ्य संगठनसँग जोडिएर बनाएका संरचनासँग पनि स्वास्थ्य बीमा कम्पनीलाई दिने कुरा मेल नखाने बताउदै नेता पोखरेलले त्रिभूवन विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सको रूपमा अघि बढाउने कुरा सकारात्मक रहेको बताए । सबै विश्वविद्यालयको पुनः संरचना गर्नुपर्ने र साझा सूचीमा परेका विश्वविद्यालयलाई प्रदेश र संघले कुन कुन हेर्ने भन्ने कुरा छुट्याउन आवश्यक रहेको बताउदै सांसद पोखरेलले त्रिभुवन विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्सका रूपमा लगिरहँदा देशभर त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कलेजलाई प्रादेशिक त्रिभुवन विश्वविद्यालय बनाएर हल गर्नुपर्ने बताए ।





























प्रतिक्रिया