भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

सरकारले भोलि (शनिबार) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शनिबार सार्वजनिक बिदाको सूचना निकालेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै शनिबार पनि सार्वजनिक बिदा दिइने सूचना निकालेको हो ।

सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन भोली शनिबार सार्वजनिक बिदा दिइएको जनाएको हो । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलबाट जावलाखेल पुगेको चौथो दिन मच्छिन्द्रनाथको भोटो राष्टपति विद्यादेवी भण्डारीले देखाउने परम्परा रहेको छ ।

 सोअवसरमा देशभर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट साँस्कृतिक पर्वका रुपमा रहेको छ । 

 


 

Skip This
Skip This
Logo