काठमाडौंका मेयर शाह र मुख्यमन्त्री पाण्डेबीच भेट

काठमाडौंका मेयर शाह र मुख्यमन्त्री पाण्डेबीच भेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौंका महानगरपालिकाका मेयर बालेन शाह र बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज आइतवार बिहान भएको भेटमा काठमाण्डौ महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीले जानकारी दिए । 

यस्तै भेटमा आउँदा दिनमा बाग्मती प्रदेश सरकार र महानगरले परिणाममुखी सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो । वैशाख ३० गते सम्पन्न पालिका चुनावमा काठमाण्डौ महानगरको मेयरमा निर्वाचित शाहले आफू निर्वाचित भएसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेता एवम् विभिन्न सरकारका प्रमुखसँग भेटवार्ता गर्दै आएका छन् । 

Skip This
Skip This
Logo