७० वर्ष नाघेकाले चुनावमा उठ्न नपाउने गरि कानुन बनाउन योगेश भट्टराईकाे प्रस्ताव

७० वर्ष नाघेकाले चुनावमा उठ्न नपाउने गरि कानुन बनाउन योगेश भट्टराईकाे प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

एमाले सचिव योगेश भट्टराईले ७० वर्ष नाघेकालाई राज्यको कुनै पनि निकायमा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरि संविधान संशोधन गर्नुपर्ने बताएका छन्। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अन्य क्षेत्रमा जस्तै राजनीतिमा पनि अवकाशका लागि उमेरहदको व्यवस्था गर्नुपर्ने बताएका हुन्। 

‘संविधान अब केही विषयमा संशोधन गर्नुपर्ने हुन्छ। ६५ अथवा ५८ वर्षमा अवकाशका प्रणाली राखेका छौँ,’ उनले भने, ‘तर, राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ। अब ७० वर्ष नाघेका मानिसहरू कुनै पनि राज्यका निकायमा चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने ? हामीलाई र्‍याल, सिंगान काढ्ने, कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन। काम गर्ने चाहिएको हो।’ 

Skip This
Skip This
Logo