स्थानीय निर्वाचनमा ४ पालिका जित हासिल गरेको रुकुम पश्चिममा जिल्ला समन्वय समितिमा समेत एकलौटी जित हासिल गरेको छ ।
६ पालिका रहेको रुकुम पश्चिममा माओवादी केन्द्रले चार पालिका जितेको छ भने नेपाली कांग्रेसले जित हात पारेको छ । जिल्ला समन्वय समिति प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्वाचित भएको हो । जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन शर्माकी बहिनी हुन् ।
माओवादी केन्द्रको एकल जिल्ला समन्वय समिति बन्ने रुकुममा माओवादीका प्रभावशाली नेताहरूले नै आफन्तलाई प्रमुखको टिकट दिलाउँदै निर्विरोध चयन गर्न भूमिका खेलेका हुन् । अन्य दलले जिससमा उम्मेदवारी नदिएका कारण उनीहरु निर्विरोध निर्वाचित भएका हुन् तर घोषणा हुन भने बाँकी रहेको छ । चुनाव ३१ गतेका लागि तोकिएको छ ।
माओवादी केन्द्रले उपप्रमुखमा देवबहादुर कामीलाई उम्मेदवार बनाएको छ । खुला सदस्य तर्फ देउभान ओली, कृष्णबहादुर ऐरी र रामकुमार गौतम, महिला सदस्यमा गीताकुमारी केसी, शारदा दमाइ र गीता नेपाली तथा दलित तथा अल्पसङ्ख्यकबाट मीना बिकको उम्मेदवारी रहेको छ ।
प्रतिक्रिया